बागमती प्रदेश सरकार

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

पशु सेवा कार्यालय

हेटौंडा, मकवानपुर

Nepal Flag
२०८३ श्रावण ०९ गते

सेवाहरु

यस कार्यालयले प्रदान गर्ने सेवाहरु

  • पशुपन्छी तथा मत्स्यका लागि विशिष्टीकृत चिकित्सा सेवा
  • पशुपन्छी तथा मत्स्य स्वास्थ्य परिक्षण तथा रोग निदानका लागि आधुनिक प्रविधिको सेवा उपलव्ध गराउने
  • पशुपन्छी रोग निदानका लागि प्रयोगशाला सेवा प्रदान गर्ने
  • राष्ट्रिय, प्रदेश तथा स्थानीय स्तरमा प्राथमिकता प्राप्त पशुपन्छी तथा मत्स्य रोग सर्भिलेन्स गर्ने
  • नियमन सेवा संचालनमा सहजीकरण गर्ने
  • पशुपन्छी तथा मत्स्यजन्य महामारी, विपद व्यवस्थापन र रोग नियन्त्रणका लागि आवश्यक औषधी ,खोप तथा नियन्त्रण उपकरण / सामाग्रीको मौज्दात व्यवस्थापन गर्ने
  • कृत्रिम गर्भाधान सेवा संचालनका लागि तरल नाइट्रोजन तथा सिमेनको व्यवस्थापन गर्ने
  • नयाँ पशु नश्ल वा प्रजाति प्रदेशमा भित्र्याउने वा विस्तार सम्बन्धी कार्य गर्दा प्रादेशिक तालुक निकाय र संघीय निकायसंगको समन्वयमा गर्ने
  • पशु सेवा सम्बन्धि जनचेतनामुलक कार्य संचालन गर्ने
  • दुध, फुल, माछा, मासुको उत्पादन तथा उत्पादकत्व बढाउन कार्ययोजना तयार गरी समन्वयमा कार्यान्वयन गर्ने
  • पशुपन्छी तथा मत्स्यपालन गर्ने कृषक,व्यवसायी तथा उद्यमीहरुले माग गरेको अवस्थामा विशिष्टीकृत प्राविधिक सेवा उपलव्ध गराउने
  • पशु कल्याँण सम्बन्धि आवश्यक कार्य गर्ने
  • पशुपन्छी तथा मत्स्य सम्बन्धी कार्यक्षेत्रका स्थानीय तहको पशुजन्य उत्पादन तथा पशुपन्छी तथ्याङ्क अध्यावधिक गर्ने
  • प्रदेश निर्देशनालयबाट प्रत्यायोजित कार्यहरु गर्ने