बागमती प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

पशु सेवा कार्यालय

हेटौंडा, मकवानपुर

Nepal Flag
२०८३ जेठ २६ गते

साङ्गठनिक परिचय

नेपालको संविधान २०७२ ले तीन वटै तहका सरकार बीचको अन्तर-सम्बन्ध सरकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरी संघ, प्रदेश र स्थानीय तहका सरकारको गठन गरेको छ ।देशले लिएको आर्थिक समृद्धि,  सामाजिक न्यायको राष्ट्रिय आकांक्षालाई आत्मसाथ गर्दै बागमती प्रदेश सरकारको 'सुसंस्कृत र सुखी जनताः समाजवाद उन्मुख समृद्ध प्रदेश' भन्ने दीर्घकालीन सोच पुरा गर्न बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत यस कार्यालयको स्थापना भएको हो ।

वि.स. २०३७ सालमा कृषि विभाग, कृषि शाखाबाट छुट्टयाई बाख्रा बिकास कार्यालय, हेटौडाको रुपमा स्थापित यस कार्यालय बि.स. २०३८/०३९ सालमा समन्वयात्मक पशु विकास कार्यक्रम र पशु चिकित्सालय संयुक्त रुपमा एउटा कार्यक्रममा रहने गरी पशु विकास तथा पशु स्वास्थ्य शाखाको रुपमा परिणत भयो l वि.सं. २०४९/०५० मा कृषि मन्त्रालय अन्तर्गतको जिल्ला स्थित कार्यालयहरुलाई एउटै छाना मुनि राख्ने नीति अनुसार यस कार्यालय अन्तर्गतको पशु सेवा शाखाको रुपमा रहयो l वि.सं. २०५२ श्रावण देखि एक छानामुनिको सिद्दान्तबाट अलग भै वि.सं. २०७४ साल सम्म जिल्ला पशु सेवा कार्यालयको रुपमा रही पशु सेवा सम्बन्धि काम अविच्छिन्न गर्दै आईरहेको थियो । नेपालको संविधान २०७२ बमोजिम सरकार संघ,प्रदेश र स्थानीय तह गरी तीन तहमा रहने व्यवस्थागरेसंगै प्रदेश सरकारको गठन भयो । सातवटा प्रदेशको गठन भएपछि प्रदेश नं ३ अन्तरगत परेको यो कार्यालय पशुपन्छी पालन तथा मत्स्य पालन ब्यबसायलाई आधुनिकरण तथा व्यवसायीकरणको साथै प्रतिस्प्रधी बनाई पशुपन्छी तथा मत्स्यजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाई निर्यात प्रवर्द्दन गर्ने लक्ष्यका साथ यस प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई पशुपन्छी तथा मत्स्य बिकास कार्यक्रम संचालन गर्नको लागि मकवानपुर जिल्लाको हेटौडा उपमहागरपालिका, वडा नम्बर ९ मा यो कार्यालय भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको नाममा २०७५ साल कार्तिक १४ गते स्थापना भएको हो ।प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०७८/८/१५ को निर्णयानुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय भनी नामांकरण गरियो । वि.सं. २०८०/१०/२७ गतेका दिन प्रदेश सरकारको निर्णयानुसार पशु सेवा कार्यालय नामांकरण भई यस कार्यालयले आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ ।