ताजा जानकारी :
नेपालको संविधान २०७२ ले तीन वटै तहका सरकार बीचको अन्तर-सम्बन्ध सरकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरी संघ, प्रदेश र स्थानीय तहका सरकारको गठन गरेको छ ।देशले लिएको आर्थिक समृद्धि, सामाजिक न्यायको राष्ट्रिय आकांक्षालाई आत्मसाथ गर्दै बागमती प्रदेश सरकारको 'सुसंस्कृत र सुखी जनताः समाजवाद उन्मुख समृद्ध प्रदेश' भन्ने दीर्घकालीन सोच पुरा गर्न बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत यस कार्यालयको स्थापना भएको हो ।
वि.स. २०३७ सालमा कृषि विभाग, कृषि शाखाबाट छुट्टयाई बाख्रा बिकास कार्यालय, हेटौडाको रुपमा स्थापित यस कार्यालय बि.स. २०३८/०३९ सालमा समन्वयात्मक पशु विकास कार्यक्रम र पशु चिकित्सालय संयुक्त रुपमा एउटा कार्यक्रममा रहने गरी पशु विकास तथा पशु स्वास्थ्य शाखाको रुपमा परिणत भयो l वि.सं. २०४९/०५० मा कृषि मन्त्रालय अन्तर्गतको जिल्ला स्थित कार्यालयहरुलाई एउटै छाना मुनि राख्ने नीति अनुसार यस कार्यालय अन्तर्गतको पशु सेवा शाखाको रुपमा रहयो l वि.सं. २०५२ श्रावण देखि एक छानामुनिको सिद्दान्तबाट अलग भै वि.सं. २०७४ साल सम्म ज... थप पढ्नुहोस्